sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कुवेत र जोर्डन जान रोकेपछि रोजगार विभाग तनावमा

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० ११:२३
कुवेत र जोर्डन जान रोकेपछि रोजगार विभाग तनावमा
  • शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभाग असन्तुष्ट
  • म्यानपावर व्यवसायीहरु सरकारबाट क्षतिपूर्ति माग गर्दै 
  • विना आधार विमानस्थलबाट फर्काइयो 
  • समिति गठन गरी स्वतन्त्रतापूर्वक छानबिन गर्न अनुरोध

काठमाडौं ।।

श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ ।

गत असार २४ गते कुवेत र जोर्डन जान लागेका १५६ जना कामदारलाई अध्यागमन कार्यालयले रोकेको थियो । यसबाट आफूहरुले क्षति व्यवहोर्नुपरेको भन्दै म्यानपावर व्यवसायीहरु सरकारबाट क्षतिपूर्ति मागेका थिए ।

वैदेशिक रोजगार विभागले आइतबार विज्ञप्ति निकालेर एउटै प्रकारको श्रम स्वीकृति लिएर जान लागेकाहरुमध्ये कसैलाई प्रस्थान अनुमति दिएको र कसैलाई नदिएको तथ्य देखिएको भन्दै विना आधार विमानस्थलबाट फर्काउनु मनासिव नभएको जनाएको छ ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले जारी गरेको विज्ञप्तिमा गलत स्थान वा गलत कागजातका आधारमा वैदेशिक रोजगारमा पठाएमा वैदेशिक रोजगार ऐन बमोजिम क्षतिपूर्ति, जरिवाना तथा कैद सजायँको समेत व्यवस्था हुँदाहुँदै अध्यागमन कार्यालयबाट फिर्ता पठाउनु मनासिव नरहेको उल्लेख छ ।

अध्यागमनले यसबारे छानबिन गर्न समिति गठन गरे पनि वैदेशिक रोजगार विभागले, गृह मन्त्रालय र श्रम मन्त्रालय अन्तर्गतको संयुक्त छानबिन समिति गठन गरी स्वतन्त्रतापूर्वक छानबिन गर्न अनुरोध समेत गरेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid