sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेसमा एसी ,बीसी, सीसी र डीसी लागु हुनुपर्यो : मधु आचार्य

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १७:0६
कांग्रेसमा एसी ,बीसी, सीसी र डीसी लागु हुनुपर्यो : मधु आचार्य
  • सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखे
  • एसी, बीसी सीसी र डीसी कांग्रेस बनाऔं

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा आचार्यले एसी, बीसी, सीसी र डीसी कांग्रेसको प्रस्ताव गरेका हुन् ।

आचार्यका अनुसार एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस हुनेछ । एजेण्डाको आधारमा पार्टी सञ्चालन भए गुट स्वतः समाप्त हुने उनको दाबी छ ।

बीसी कांग्रेसलाई उनले बेस कांग्रेसका रुपमा अथ्र्याएका छन् । जगलाई आधार बनाएर पार्टी गतिविधि तल्लो तहमुखी हुनुपर्ने उनको भनाइ छ । ‘नेता र उम्मेदवार चुन्दा जगका सदस्यहरुको रायका आधारमा छानौं,’ आचार्यले भने ।

सीसी कांग्रेस अन्तर्गत क्लिन कांग्रेस । भ्रष्टचार मुक्त, सुशासनयुक्त कांग्रेस बनाउन भ्रष्टचार विरोधी अभियान सुरु गर्नुपर्ने उनको राय छ । आचार्य भन्छन्, ‘भ्रष्टचार विरोधी आन्दोलन पहिले पनि कांग्रेसले गरेको हो । अहिले पनि कांग्रेस नै अग्रसर हुनुपर्दछ ।’

कांग्रेस रुपान्तरणका लागि बैठकमा राखेको उनको चौथो प्रस्ताव डिसी अर्थाते डिजीटल कांग्रेस । डाटाको आधारमा काम गर्ने कांग्रेस बनाउन उनको नेतृत्वसँग आग्रह छ ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid