April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ब्याट्री भनेर किन सुन पठाएको भन्दै हङकङ भन्सारलाई नेपालको पत्र

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १५:२२
ब्याट्री भनेर किन सुन पठाएको भन्दै हङकङ भन्सारलाई नेपालको पत्र
  • हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग गरेन 
  • एक साता बितिसक्दा पनि हङकङ भन्सार चुपचाप 

काठमाडौं ।।

एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग नगरेको पाइएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनको अनुसन्धान लागि भन्सार विभागले साउन ९ गते पत्र पठाएर हङकङ भन्सारसँग सहयोग मागेको थियो ।

जवाफमा हङकङ भन्सारले साउन १२ गते अनुसन्धानमा सघाउने प्रतिवद्धता जनाउँदै विभागसँग ‘एयर वे बिल’ (पूर्ण विवरण) मागेको थियो । यो भनेको जहाजबाट सामान ल्याउँदाको सम्पूर्ण कागजात हो । विभागले सोही दिन एयर वे बिल हङकङ भन्सारलाई पठाएको थियो ।
एयर वे बिल पठाएको एक साता बितिसक्दा पनि हङकङ भन्सारले उक्त सुन प्रकरणसँग सम्बन्धित जानकारी विभागलाई दिएको छैन ।

“हङकङ भन्सारले सहयोग गर्नुपर्ने हो । तर, एयर वे बिल पठाएपछि अहिलेसम्म कुनै पत्र हामीलाई पठाएको छैन,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने, ‘हामी फेरि पत्र पठाउँछौँ ।”

हङकङ भन्सारलाई नेपालको पत्र- ब्याट्री भनेर किन सुन पठाएको ?

साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । ब्रेक सुको तौल १५५ केजी रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।

हङकङबाट ठूलो मात्रामा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाएर सोधेको थियो-यति ठूलो मात्रामा सुन पठाउँदा जाँच किन भएन रु हङकङ भन्सारको एक्सरे मेसिनले किन थाहा पाएन रु सुन तस्करहरुलाई सहयोग हुने गरी सामान किन पठाइयो र लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको ?

विभागले विभिन्न प्रश्न उठाएपछि हङकङ भन्सारले अनुसन्धानमा सहयोग गर्ने जनाउँदै विभागसँग एयर वे बिल मागेको थियो । विभागले एयर वे बिल पठाएपछि हङकङ भन्सारले कुनै जानकारी नदिएको महानिर्देशक पौडेलले जनाए ।

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १५:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?