May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बैंकहरुले सेयर लाभांश नै दिन नसक्ने

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १६:३७
बैंकहरुले सेयर लाभांश नै दिन नसक्ने
  • लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश
  • आइतबार सेयर बजारमा उच्च गिरावट
  • वाणिज्य बैंकहरुले यस वर्ष लाभांश खुवाउन नसक्ने अवस्था

काठमाडौं ।।

आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ ।

आइतबार बजार ३८-३७ अंकले घटेर २०५१-४७ विन्दुमा घटेको छ । यो १-८३ प्रतिशतको गिरावट हो । आइतबार २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।

आइतबार वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा बढी गिरावट आएको छ । बैंकिङ उपसूचक १-७० प्रतिशतले घटेको छ । आइतबारदेखि कारोबारमा आएका आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट लेवलमा कारोबार भयो ।

कृषि विकास बैंक, पिपुल्स पावर, नेपाल एसबीआई बैंक डिभेन्चरसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । प्रोग्रेसिभ फाइनान्स, अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

आइतबार सानिमा बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।
आइतबार वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७९ र ८० को चौथो त्रैमासको अपरिस्कृत रिपोर्ट आएको छ । रिपोर्ट अनुसार आधा दर्जन बैंकले यस वर्ष लाभांश खुवाउन नसक्ने अवस्था देखिएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट