sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराई भए त्रिवि अध्यक्ष

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १२:५१
इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराई भए त्रिवि अध्यक्ष
  • त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि पायो अध्यक्ष
  • २०७९ साउन १९ गतेदेखि रिक्त थियो त्रिवि
  • इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले ग्रहण गरे पदभार 

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि अध्यक्ष पाएको छ । २०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा. डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले बुधबार सेवा आयोग अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

६ महिनापछि अवकाश हुन लागेका उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

सह-कुलपति (शिक्षामन्त्री) को सिफारिसमा कुलपतिले सेवा आयोग अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । एक वर्षदेखि सेवा आयोग पदाधिकारी विहीन हुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन हुन सकेको छैन । राजनीतिक भागबन्डाका कारण सिफारिस समितिले पटक पटक सिफारिस हुँदै आए पनि त्रिवि सेवा आयोगले अध्यक्ष पाउन सकेको थिएन ।

 

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid