sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेसका विभाग पूर्ण हुन बाँकी

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:५६
कांग्रेसका विभाग पूर्ण हुन बाँकी
  • कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने
  • विधान अनुसार कांग्रेसका ४८ विभाग छन्
  • विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी

काठमाडौं ।।

नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णय समेत गरेको छ ।

विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी गर्दैै आएका छन् । विभागका लागि तयारी भइरहे अन्तिम रुप पाउन नसकेको बताइएको छ । शीर्ष तहका एक नेताका अनुसार केही विभागको संयोजक १५ भदौ भित्र तोकिने छ ।

‘प्रमुख केही विभागको संयोजक १५ भदौसम्म तोकिने छ । १ र २ भित्र संयोजकको टुंगो लाग्छ,’ शीर्ष तहका एक नेताले भने । हालसम्म प्रचार विभागको प्रमुख मात्रै तोकिएको छ । उक्त विभागको प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । उक्त विभागमा ४२ सदस्य थपिएका छन् ।

विधान अनुसार प्रमुख सहित प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभाग हालसम्म गठन हुन सकेको छैन ।

१० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौ गठन र पूर्णता दिइसक्ने निर्णय गरेको थियो । साथै, बैठकले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गत कार्यक्रमहरु बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने निर्णय गरिएको थियो । विभाग गठनको अधिकार विधानले पार्टी सभापतिलाई दिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid