April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० ११:१९
लक्जेमवर्गको पोष्टमा पोर्चुगलको  ९ गोल

पोर्चुगलले युरो २०२४ छनोटको खेलमा लक्जेमवर्गलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेको खेलमा पोर्चुगलले सानदार जित निकालेको हो ।
निलम्बनमा परेका क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा चार गोल गरेको थियो । गोनकालो इनासियोले १२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । गोनकालो रामोसले १८औं र ३४औं मिनेटमा गोल गरे । त्यसपछि इनासियोले पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४– ० ले अघि बढ्यो । डिएगो जोटले ५७औं र ७७औं मिनेटमा गोल गरे । रिकार्डो होर्थाले ६७औं, ब्रुनो फर्नान्डेजले ८३औं तथा जाआओ फेलिक्सले ८८औं मिनेटमा गोल गरे । पोर्चुगलले छनोटमा शतप्रतिशत नतिजालाई कायम राख्दै ६ खेलबाट १८ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । लक्जेम्वर्ग ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।
सोही समूहको अर्को खेलमा स्लोभाकियाले लिचेन्स्टाइनलाई ३–० तथा आइसल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई १–० ले पराजित गरेको छ ।
समूह डी को खेलमा वेल्सले लात्भियालाई २–० ले पराजित गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।