काठमाडौं ।।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । २५ भदौ सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको जनाएको छ ।
साथै सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।