sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षकको ४९ प्रतिशत सिटमा ५० प्रतिशत महिला आरक्षण

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:0३
शिक्षकको ४९ प्रतिशत सिटमा ५० प्रतिशत महिला आरक्षण
  • शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने  प्रस्ताव
  • सेवाका पदहरुमा आरक्षणका लागि ४५ प्रतिशत सिट छुट्याउने
  • विद्यालय शिक्षासम्बन्धी विधेयकमा आरक्षणको नयाँ व्यवस्था

काठमाडौं ।।

सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने  प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ ।

हाल लोकसेवा आयोग, शिक्षक सेवा आयोगलगायत सरकारी सेवाका पदहरुमा आरक्षणका लागि ४५ प्रतिशत सिट छुट्याउने गरिएको छ । तर विद्यालय शिक्षासम्बन्धी विधेयकमा आरक्षणको नयाँ व्यवस्था गरिएको हो । आरक्षणका लागि छुट्याइएका पदमध्ये ५० प्रतिशत महिलाका लागि छुट्याइएको छ । महिलाका लागि छुट्याइएको पदभित्र पनि विभिन्न समूहका महिलाहरुबीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ ।

जसमा खस आर्य महिलालाई २७.७ प्रतिशत, आदिबासी जनजाति महिलालाई २५.७ प्रतिशत, मधेशी महिलालाई १५.३ प्रतिशत, दलित महिलालाई १२.७ प्रतिशत, थारु महिलालाई ६.६ प्रतिशत, अपांगता भएका महिलालाई ४ प्रतिशत, पिछडिएको क्षेत्रका महिलालाई ४ प्रतिशत र मुस्लिम महिलालाई ४ प्रतिशत आरक्षणको प्रस्ताव गरिएको छ ।

 

कुनै समूहको महिलाका लागि छुट्याइएको पदमा कुनै पनि उम्मेदवार उतीर्ण हुन नसकेमा अर्को समूहमा महिलाका लागि भएको परीक्षा पास गरेका तर सिफारिस हुन नसकेकामध्ये धेरै अंक पाउने उम्मेदवार सिफारिस हुने व्यवस्था गरिएको छ ।

आरक्षणका लागि छुट्याइएको बाँकी ५० प्रतिशत पदमा विभिन्न समूहलाई प्रतिशतका आधारमा आरक्षण तोकिएको छ । जसमा आदिबासी जनजातिलाई ३२.५ प्रतिशत, मधेशीलाई १९ प्रतिशत, दलितलाई १५.५ प्रतिशत, विपन्न खस आर्यलाई १० प्रतिशत, थारुलाई ९ प्रतिशत, पिछडिएको क्षेत्रका बासिन्दालाई ५ प्रतिशत, मुस्मिलाई ५ प्रतिशत, अपांगता भएका व्यक्तिलाई ४ प्रतिशत आरक्षण दिइएको छ ।

आरक्षण दिइएको कुनै समूहको पदमा कोही पनि उतीर्ण नभएमा अर्को समूहको परीक्षा पास गरेका तर सिफारिस हुन नसकेकामध्ये धेरै अंक पाएको उम्मेदवारलाई सिफारिस गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid