sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सोनापुरकाे थप १४ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी हुने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:५७
सोनापुरकाे थप १४ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी हुने

काठमाडौ। सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले स्थानीयलाई निष्कासन गरिएको कुल १५ लाख ३७ हजार ५२५ कित्तामध्ये ९१ हजार ३० कित्ताका लागि मात्र आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबारसम्म ४५८ जनाले आवेदन दिएका छन् । उनीहरुले २ करोड ४ लाख ८१ हजार ७५ रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

यता, स्थानीयलाई निष्कासन गरिएको १४ लाख ४६ हजार ४९५ कित्ता सेयर बिक्री हुन अझै बाँकी रहेको छ । अब बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र मात्र आइपीओमा आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो । सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको हो ।

यसले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन मिल्ने थियो । स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid