May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

विराटनगर महानगरले ३ जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटायो

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १४:३४
विराटनगर महानगरले ३ जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटायो
  • जसपाको अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गरेकोमा 
  • महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटायो 

 विराटनगर ।।

विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो ।

विराटनगर अस्पताल चोकमा पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच ठेलामठेल भएको थियो । त्यसपछि पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट कठालोमा समातेर वडा प्रहरी कार्यालय विराटनगरमा पुर्याएको थियो । नगर प्रहरीले कठालोमा समातेर लछारपछार पार्दै ल्याएको भिडियो सार्वजनिक भएपछि जसपा कार्यकर्ताले आन्दोलन गरेका थिए । आन्दोलनपछि नगरप्रमुख नागेश कोइरालाले नगरप्रहरीलाई नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाएका हुन् ।

भदौं २७ गते बेलुका नगरप्रहरीले जसपा नेतालाई लछारपछार पार्दै प्रहरी कार्यालय पुर्याएका थिए । लगतै मेयर नागेश कोइरालासँगको छलफपछि घटना साम्य भएको थियो । तर लछारपछार पारेको भिडियो सार्वजनिक भएपछि जसपाले प्रदर्शन गरेको थियो । जसपाले प्रदर्शनपछि महानगरपालिकामा भदौं ३१ गते महानगर प्रमुख र जसपा नेताबीच छानविन गरी कारवाही गर्ने सहमति भएको थियो ।

छानबिनपछि नगरप्रहरी हलल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगरप्रहरी सेवाबाट हटाएको मेयर नागेश कोइरालाले जानकारी दिएका छन् । ‘विराटनगर महानगरपालिका प्रमुखज्यूको अध्यक्षतामा जसपाका केन्द्रीय सदस्यसहितको प्रतिनिधिमण्डलको उपस्थीतिमा भएको छलफलको निर्णयबाट

महानगरप्रमुखज्यूलाई छानविन गरी आवश्यक कारवाही गर्ने अख्तीयारी दिएको आधारमा नगरप्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवानहरु विक्रम श्रेष्ठ र बब्लु केशरीलाई आजकै मितिबाट लागु हुनेगरी नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ नगरप्रमुख नागेश कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जसपा अध्यक्ष यादव विराटनगरको अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीका सञ्चालक हुन् । उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा ह्वील लक लगाइदिएको थियो । बेलुका करिब ४ बजे पसल पुगेका यादवलाई सफारी चालकले प्रहरीले लक ल गाएको र खोल्न आग्रह गर्दा नमानेको गुनासो गरे । यादवले सवारी छाड्न भनेपछि विवाद भएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीका अनुसार नगरप्रहरी जिम्मेवारीबाट हटाइएकाको जागिर भने गएको छैन् । उनीहरुको जागिर भने कायम रहने उनले बताए । ‘कारवाहीमा परेका तीन मध्ये दुई जना विद्युतका कर्मचारी हुन्, उनीहरुलाई विद्युतमै फर्काइएको छ, उनले भने,‘प्रहरी हवल्दारलाई कम सुविधाको अर्को जिम्मेवारी दिइनेछ ।’

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।