sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट हुने

पथरी / दुई संस्करण सम्पन्न पथरी गोल्ड कप र पथरी शनिश्चरे प्रिमियर लिग फुटवल प्रतियोगिता संचालन हुन नसकि रहेको अवस्थामा चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग हुने भएको छ । नगरका प्राय सबै वडामा फटवल खेल मैदान छ खेलाडी पनि धेरै छन तर प्रतियोगिता हुन सकेको छैन तर कार्तिक १० वाट पथरीशनिश्चरे प्रिमियर लिग हुने पक्का भएको छ । दुई सस्करण सफल भएको प्रतियोगिताले पछिल्लो हिसाव सावर्जनीक गर्न सकेको छैन ।

यता पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले भने दुख सुख तेस्रो संस्करण सम्म प्रतियोतिता सम्पन्न गरेको छ । समितीले कार्तिक १० वाट हुने प्रतियोगिता बारेमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगीता प्रस्तावित पथरी रंगशालामा १४ दिन सम्म सन्चालन हुने छ । प्रतियोगीतामा ७ विभिन्न फ्रेन्चाइज क्लबले सहभागीता जनाउने छन् ।

असोज ६ गते हुने अक्सनमा ७ क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्न पाउने आयोजकका सचिव राकेश राईले पत्रकार सम्मेलनमा जानकारी दिए । यस पटकबाट पथरीशनिश्चरे नगर वाहिरका खेलाडीलाई समेत क्लबले अनुवन्धन गर्न पाउने भएको छ । एक क्लबले ४ जना खेलाडी अनुबन्धन गर्ने छन भने २ खेलाडीलाई ‘प्लेइङ्ग एलाभेन’मा समेटन सक्ने छन् । प्रतियोगीताको विजेताले ट्रफि सहित नगद १ लाख ३१ हजार १ सय ११ प्राप्त गर्ने छन् भने दोश्रो हुने क्लबले ७१ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने छन् ।

७ क्लब मध्ये अघिल्लो संस्करणमा सहभागी ४ क्लबले खेलाडी रिर्टन गरेका छन् भने नव प्रवेशी गोर्खा लिजेन्डसले २ खेलाडीलाई मार्की खेलाडीका रुपमा अनुवन्धन गरेका छन् । २ क्लबले भने कुनै खेलाडीलाई रिटर्न नगरेको आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए । सातवाघले अनिस लुइटेल र आस्विन महतलाई रिर्टन गरेको छ भने वुद्ध युनाइटेडले राकेश राई,क्लासिक इलाभेन हसदन्हले सुजन खत्री र संन्जीव धिमाल र आइतवारे अस्त्रले आर्दश कार्कीलाई रिर्टन गरेको छ । नयाँ क्लब गोर्खा लिजेन्डसले आभाष पाहिम र योगेश श्रेष्ठलाई मार्कीका रुपमा अनुबन्धन गरेको छ । प्रतियोगीताको अक्सनका लागी २३२ खेलाडी दर्ता भएका छन् ।

विभिन्न ३ ‘क्याटोगरी’ अन्तरगत ति खेलाडी दर्ता भएका हुन् । आयोजकले अक्सनका लागी प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘वि’ मा र १४९ जना ‘सि क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘वि’ को २ हजार र ‘सि’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । प्रत्येक टिमका लागी ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ ।

यस वर्ष हुने प्रतियोगीताको अक्सन ड्राफ्टमा उमेर समुह वाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका दिपेश कडेल देखी प्रदेशको टोली वाट विभिन्न प्रतियोगीतामा सहभागीता जनाएका खेलाडी समेटीएका छन् । यस पटक सवैभन्दा कम ९ वर्षका सौरब वस्नेत अक्सनको लिष्टमा समेटिएका छन भने ४५ वर्षका खेलाडी राज वस्नेतको समेत नाम अक्सनको ड्राफ्टमा समेटिएको छ ।

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगीता आयोजना गरिन लागेको सचिव राकेश राईले जानकारी दिनु भयो । प्रतियोगीता सम्पन्न गर्न करिव १० लाख लागत लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मुख्य प्रायोजक पथरी शनिश्चरे नगरले ७ लाख ५० हजार सहयोग गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid