sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १४:२२
राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा
  • विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने 
  • रोकिएको कार्यक्रम बुधबार आयोजना गरियो 
  • त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राख्नु राम्रो हुन्न 

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने बताएका छन् ।  नेपालका विश्वविद्यालयको स्तरमा आएको क्षयीकरणमा पनि माथेमाले राजनीतिक हस्तक्षेपलाई कारणका रूपमा प्रस्तुत गरे । गत साउन २४ मा नेपाली कांग्रेसले सुरु गरेको बीपी साहित्य महोत्सव २६ गते एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रोकिएको थियो ।

अन्तिम दिनको रोकिएको कार्यक्रम बुधबार आयोजना भयो । बुधबारको कार्यक्रममा प्रमुख वक्ताको भूमिका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् माथेमाले पाएका थिए । उक्त कार्यक्रममा माथेमाले बीपी कोइराला भएको भए अहिलेको शिक्षा प्रणालीलाई पनि यस्तै हुन नदिने अनुमान गरे ।

“एउटै त्रिभुवन विश्वविद्यालयमा ७५ प्रतिशत विद्यार्थीहरू छन् । बाँकी तीन विश्वविद्यालयसँग १६ प्रतिशत छन् भने अन्य १० वटामा १० प्रतिशत मात्र छ । यो व्यालेन्स छैन,” प्रा. डा. माथेमाले भने, “त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसका विद्यार्थीहरूलाई एउटै पाठ्क्रम पढ्छन्, एउटै प्रकारको केन्द्रिकृत जाँच दिन्छन् । बीपी भएको भए त्यस्तो हुनु दिनु हुने थिएन होला ।”

उनले आफूले पढेअनुसार बीपी विविधता र सृजनशीलताको पक्षधर भएका कारण पनि उनी भएको भए एउटै पाठ्यक्रम लागु हुँदैनथ्यो होला भन्न सकिने बताए । उनले त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राम्रो नहुने धारणा समेत राखे ।  नेपालका विश्वविद्यालयको स्तर खस्कनुको प्रमुख कारण राजनीतिक हस्तक्षेपलाई मान्दै विश्वविद्यालयमा राजनीतिले सधै नराम्रो नै असर गर्ने कुरा अध्ययनहरूले पनि पुष्टि गरेको बताए ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid