May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षकका जायज मागहरू शिक्षामन्त्रीले सम्बोधन गर्नुपर्छ : एमाले

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १७:0१
शिक्षकका जायज मागहरू शिक्षामन्त्रीले सम्बोधन गर्नुपर्छ : एमाले
  • शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग
  • बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरे
  • शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप
  • विद्यालय पठनपाठनको सुनिश्चितता अविलम्ब हुनुपर्‍यो

काठमाडौँ ।। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।  एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो।

बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको बताए।  सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी उनले दिए।  बर्तौलाले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्क्षेपप्रति ध्यानाकर्षण गराए। उनले सरकारले छिटो भन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गरेर समस्याको निकास खोज्नुपर्ने बताए।

‘हामीले शिक्षा मन्त्रीसँग शिक्षक महासंघको आन्दोलनबारे एमाले संसदीय दलकोतर्फबाट कुरा राख्यौँ। मूलतः विद्यालय बन्द भएको अवस्था छ। तत्काल विद्यालय खोल्ने वातावरण बनाउनु पर‍्यो’, उनले भने, ‘त्यसका लागि सरकारले आन्दोलनरत शिक्षक महासंघसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चितता गर्नुपर्‍यो। शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप भइरहेको छ। यसप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौँ।’

शिक्षकहरुका कतिपय जायज माग अबिलम्व सम्बोधन गर्न र विधेयकको अंग बनाएर अगाडि बढ्न सरकारलाई औपचारिक आग्रह गरिएको उनले बताए।‘विद्यालय पठनपाठनको सुनिश्चितता अविलम्ब हुनुपर्‍यो। त्यसका लागि अविलम्ब सरकारको प्रतिवद्धता सम्बन्धित आन्दोलनरत पक्षसँग हुनुपर्‍यो’, उनले भने, ‘हामी पनि सकारात्मक ढंगबाट पहल गर्छौं। कतिपय जायज मागहरु सुझावका आधारमा अघि बढ्न तयार रहेको शिक्षा मन्त्रीले बनाउनु भएको छ। सकारात्मक परिणाम आउनेछ।’

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट