काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदैछन्। एसियन गेम्समा सहभागी हुन् उनी अहिले साढे १२ बजे चीन जान लागेका हुन्। यसअघि लामिछाने आफ्नो मुद्दाको पेशीका कारण नेपाली टीमसँग चीन जान पाएका थिएनन्।
एसियन गेम्समा सहभागी हुन् नेपाली टीम आइतबार नै चीन गइसकेको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार सुनुवाइ हुने भनिएको लामिछानेविरुद्ध मुद्दाको पेशी सरेपछि चीन जान पाएका हुन्। उनीविरुद्ध नाबालिका बलात्कारको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।