May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हाइड्रोपावरको आईपीओमा बैंकको निगरानी हुने

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:३९
हाइड्रोपावरको आईपीओमा बैंकको निगरानी हुने
  • हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ
  • पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय
  • कम्पनीहरूले प्रमाणित कपी बोर्डमा बुझाउनु पर्ने

काठमाडौं ।।

हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ गरेको छ ।  नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो ।  अब आईपीओ निष्कासन गर्ने हाइड्रोपावर कम्पनीहरूले आफूले ऋण लिएका बैंकबाट भौतिक पूर्वाधारको प्रगति कम्तीमा ५० प्रतिशत सम्पन्न भएको प्रमाणित गर्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै, कम्पनीहरूले प्रमाणित कपी बोर्डमा बुझाउनु पर्नेछ । तर, जलविद्युत् कम्पनीहरूले भौतिक पूर्वाधारको कम्तीमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेस गरेपछि मात्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रदान गर्ने सहमति भएको छ ।आईपीओ निष्कासनबाट प्राप्त भएको रकम जलविद्युत् कम्पनीहरूले बैंकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालु परियोजनाको सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिवद्धता बोर्डमा पेस गर्नुपर्नेछ ।

जलविद्युत् कम्पनीले नेटवर्थ चुक्तापुँजीभन्दा कम भयो भने पनि हकप्रद सेयर निष्कासन गर्न नपाउने सहमति भएको छ । यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागु हुने बताइएको छ । हाल बोर्डमा निवेदन दर्ता गरिसकेका कम्पनीको हकमा यो व्यवस्था लागु नहुने बताइएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट