sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:0९
पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै
  • सुनको जलहरी प्रकरणको अनुसन्धान हुँदै 
  • अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्दै 
  • जलहरी राख्दा असल मनसायले काम नभएको खुलाशा  

काठमाडौ ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरी प्रकरणको अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष आयोगले निकालेको स्रोतको दाबी छ ।सो अनियमितता प्रकरणबारे अर्को साता अदालतमा मुद्दा दायर गर्ने तयारी अख्तियारले गरेको छ । अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्न लागेको हो ।

अख्तियार स्रोतले भन्यो, “जलहरी राख्दा असल मनसायले काम भएको छैन । सुरुमा अनियमितता पनि भएको छ । पछि विवाद हुँदा सुन थप्ने काम भएको देखिन्छ ।” अख्तियारको अनुसन्धानले मुख्यतय मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्काअनुसार जडान नगरिएकालाई पहिलो अनियमितताको आधार मानेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा पशुपति विकास कोषले पशुपति मन्दिरमा चाँदीको जलहरीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो । सुरुमा एक सय किलो राख्ने निर्णय गरेपनि पछि त्यसलाई बढाएर १०८ किलो सुन राख्ने निर्णय भएको थियो । २०७७ फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी राखेको घोषणा गरेकी थिइन् ।

विकास कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको हिसाब किताव छ । त्यसमा दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंकसमेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम भएको विकास कोषको भनाइ छ । तर, जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । सो विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो । सोही प्रकरण पछि कोषकै केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए ।

कोषले जलहरी बाहेक सुनको पेटी बनाएको दाबी गरेको थियो । २०८० असार १० मा अख्तियारको टोलीले मन्दिरबाट जलहरी निकालेर सुन जोखेको थियो । सो विषयमा अख्तियारको कार्यालय औपचारिक रूपमा बोलेको छैन । कोषका अनुसार त्यो बेला जलहरी र पेटी जोख्दा १०७ किलो ४६८ ग्राम सुनको तौल पुगेको थियो । त्यसमध्ये करिब ९ किलो सुनको पेटी थियो । सुनको जलहरी राख्दा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा हालका सदस्य सचिव मिलन थापा र सदस्य सचिवमा प्रदिप ढकाल थिए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid