जनकपुरधाम ।।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे । वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन ।
त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ,” उनले भने, “त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।” अध्यक्ष नेपालले ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको पार्टी जागरण अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने पनि बताए । एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान-२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुनेछ ।