April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

वनमा डढेलो लाग्ने क्रम बढ्दाे

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:0७
वनमा डढेलो लाग्ने क्रम बढ्दाे

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीका विभिन्न वनहरुमा डढेलो लाग्ने क्रम बढ्दै छ । जिल्लाका विभिन्न वनहरुमा सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो ।

हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ ।

यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जंगलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ ।

गत चैतसम्मको प्राप्त तथ्याङ्क अनुसार यो क्षेत्रफल हाल बढ्न सक्ने डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनुभयो ।

सूचना अधिकारी गौतमले भन्नुभयो “कतिपय स्थानबाट सूचना आउँदैन, सबै गर्दा प्राप्त क्षेत्रफल भन्दा केही धेरै डढेलो लागेको हुन सक्छ’ अहिलेसम्म नवलपुरमा रहेको वन क्षेत्रमा ५३ स्थानमा डढेलो लागेको छ ।”

नवलपुरमा अहिले करिब ३५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो । फागुनमा खासै डढेलोका घटना नभए पनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा डढेलो लागेको सूचना अधिकारी गौतमले बताउनुभयो ।

डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सप्ताहव्यापी रुपमा “वन डढेलो सचेतना सप्ताह”कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताउनुभयो ।

राजमार्ग सडक तथा भित्री सडक छेउछाउमा फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउनेलगायतका कार्यहरू गरिएको छ” उहाँले भन्नुभयो ।

नेपालमा वन डढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको छ । वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ ।

जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या झन् जटिल बनाएको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रदूषण र वनमा हुने आगलागीलगायतका कारणले तुवाँलो बढी मात्रामा देखिएको सरोकारवालाहरु बताउँछन् । जसले विशेष गरेर श्वासप्रश्वास, दम, नाक र आँखामा समस्या हुने चिकित्सक बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले धुँवा धुलो र प्रदूषणबाट बच्न सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले अहिले देखिएको तुवाँलोको समस्याबाट बच्न चस्मा, मास्कको प्रयोग गर्न र अत्यावश्यक काम बाहेक घरबाहिर नजान सुझाव दिनुभएको छ । ठूलो हावाहुरी र पानी नपरेसम्म मौसम यस्तै रहने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

तुवाँलोले स्वास्थ्यमा पु¥याउने असरबाट जोगिन उहाँले सचेत गराउनुभएको छ । नवलपुरमा करिब ७० हजार ४ सय हेक्टर क्षेत्रफलमा वन छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट