sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १५:१७
प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते

फिदिम : पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेका छन्। कुटाईबाट सुवेदी घाइते छन्। सुवेदीको दाया आँखाको डिलमा चोट लाग्नुको साथै अनुहार सुनिएको छ। आइतबार लिङ्देनले सुवेदीलाई दुई पटक क्वाटरमा बोलाए। ‘भाई हिजो बेलुका यमुनाको होटलमा बसेको हो ?,’ सुवेदीलाई पहिलोपटक क्वाटरमा बोलाएर लिङ्देनले केरकार गरे। जवाफमा सुवेदीले भने ‘हैन हामी सुवर्ण केदम सरको कोठामा बस्यौ।’ केदम सोही पालिकाका कर्मचारी हुन्। केही समय केरकार गरेपछि सुवेदीलाई लिङ्देनले त्यहाँबाट पठाए।

दोस्रोपटक सुवेदीलाई लिङ्देनले क्वाटरमा बोलाए। पुग्नेबित्तिकै लिङ्देनले सुवेदीलाई झम्टिए। ढोका बन्द गरे र सुवेदीलाई कुटपिट गरे। ‘हिजो किन म्यासेज गरेको भनेर हाकिम सापले कुट्नुभयो,’ सुवेदीले भने ‘कस्तो म्यासेज हो त्यो मलाई थाहा छैन। मैले उहाँलाई म्यासेज लेखेको पनि छैन।,’

उक्त घटना सामान्य भएको लिङदेनको भनाइ छ। ‘हामी छलफलमा छौँ,’ लिङ्देनले फोनमा भने ‘घटना सामान्य हो। कुटपिट भएकै छैन।’ कुटपिटको घटनालाई सामसुम बनाउन एकथरी कर्मचारी र जनप्रतिनिधि लागि परेका छन्।

घटनाका विषयमा पालिका अध्यक्ष सुवास योङ्या र उपाध्यक्ष बाबा मेनेङ्बो बोल्न चाहेनन्। उनीहरूले सदरमुकाम फिदिम आउँदै गरेको र केही समयपछि बुझेर बोल्ने प्रतिक्रिया दिएका छन्।

म्यासेज कस्तो थियो र कसले पठाएको भनेर प्रष्ट रूपमा लिङ्देनले बताउन चाहेका छैनन्। लिङ्देन र पालिकाकी एक महिला कर्मचारीबीचको अनैतिक सम्बन्धका बारेमा म्यासेज भएकाले लिङ्देनले खुलाउन नचाएको स्रोतको दावी छ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid