sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तामाकोसीको हकप्रद ८५ प्रतिशत सब्स्क्राइब

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:३९
तामाकोसीको हकप्रद ८५ प्रतिशत सब्स्क्राइब

काठमाडौं : अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद सकिएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई शतप्रतिशत अर्थात् १ कित्ता सेयरबराबर एक कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरेको हो।

कम्पनीका अनुसार संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम शतप्रतिशत चुक्ता गरेका छन्। उनीहरूले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणहरूबाट ५ अर्ब १८ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्नेछ। जसमध्ये सोमबार साँझसम्म ३ अर्ब ८ करोड ६० लाख रुपैयाँको आवेदन परेको सीडीएससीले जनाएको छ। हकप्रदमा २ लाख ७५ हजारले आवेदन दिएका हुन्। यद्यपि भौतिक रूपमा परेको आवेदन सीडीएससीको विवरणमा समावेश छैन।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार आइतबार साँझसम्मै ३ अर्ब २३ करोड १५ लाख ३२ हजार ७ सय रुपैयाँबराबरको आवेदन परेको थियो। कुल ३ लाख ९ हजार २ सय ७८ आवेदकले आवेदन दिएका थिए। सोमबार आवेदन दिने स्थानमा राम्रै भीडभाड रहेकाले पनि समग्रमा ८५ प्रतिशत हकप्रद सब्स्क्राइब भएको गौतमको अनुमान छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid