April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

तामाकोसीको हकप्रद ८५ प्रतिशत सब्स्क्राइब

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:३९
तामाकोसीको हकप्रद ८५ प्रतिशत सब्स्क्राइब

काठमाडौं : अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद सकिएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई शतप्रतिशत अर्थात् १ कित्ता सेयरबराबर एक कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरेको हो।

कम्पनीका अनुसार संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम शतप्रतिशत चुक्ता गरेका छन्। उनीहरूले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणहरूबाट ५ अर्ब १८ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्नेछ। जसमध्ये सोमबार साँझसम्म ३ अर्ब ८ करोड ६० लाख रुपैयाँको आवेदन परेको सीडीएससीले जनाएको छ। हकप्रदमा २ लाख ७५ हजारले आवेदन दिएका हुन्। यद्यपि भौतिक रूपमा परेको आवेदन सीडीएससीको विवरणमा समावेश छैन।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार आइतबार साँझसम्मै ३ अर्ब २३ करोड १५ लाख ३२ हजार ७ सय रुपैयाँबराबरको आवेदन परेको थियो। कुल ३ लाख ९ हजार २ सय ७८ आवेदकले आवेदन दिएका थिए। सोमबार आवेदन दिने स्थानमा राम्रै भीडभाड रहेकाले पनि समग्रमा ८५ प्रतिशत हकप्रद सब्स्क्राइब भएको गौतमको अनुमान छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।