May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो : सुरेन्द्र पाण्डे

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:२१
कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो : सुरेन्द्र पाण्डे
  • कोसी प्रदेशको पछिल्लो समीकरणको असर केन्द्रीय सरकारमा पनि देखिने
  • “कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो
  • अबको दुई महिनापछि संघीय सरकारमा पनि त्यसको असर पर्छ
  • कांग्रेसका नेता शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बने

काठमाडौं ।।

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कोसी प्रदेशको पछिल्लो समीकरणको असर केन्द्रीय सरकारमा पनि देखिने बताएका छन् । आइतबार रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले अबको दुई महिनामा संघीय सरकारमा त्यसको असर देखिने दाबी गरे ।“कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो,” पाण्डेले भने, “अबको दुई महिनापछि संघीय सरकारमा पनि त्यसको असर पर्छ ।”कोसीमा एमालेको समर्थनमा कांग्रेसका नेता शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले शनिबार गरेको सहमति आत्मसन्तुष्टि मात्रै भएको उपाध्यक्ष पाण्डेको टिप्पणी छ ।“हिजो आएको स्टेटमेन्ट प्रचण्ड, देउवा र शेखरको आत्मसन्तुष्टि मात्रै हो,” पाण्डेले भने । उनले सरकारलाई अल्छि चराको संज्ञा दिए । “सरकार अल्छि चरा हो । अगाडि चारो हालिदियो, खान्छ,” पाण्डेको टिप्पणी छ, “आफैं चारेर खाँदैन ।”उनले आन्तरिक ऋण लिएर देश बनाउन सम्भव नहुने बताए । आन्तरिक ऋण चारगुणा बढेको उनको भनाइ छ । पाण्डेले अहिले सत्यलाई सत्य र गलतलाई गलत भन्ने कार्यकर्ता बनाउन सक्नु पनि चुनौती रहेको बताए ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट