May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गठबन्धन एक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् : हिक्मतकुमार कार्की

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १५:५४
गठबन्धन एक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् : हिक्मतकुमार कार्की
  • मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने
  • जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ
  • सरकारलाई समर्थन गरिरहने हो 

 बिराटनगर ।।

नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएका छन् । विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा मंगलबार भएको छलफलमा कार्कीले आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको बताए । साथै उनले जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ, सरकारलाई समर्थनगरिरहने बताए ।

‘अहिलेपनि तपाईहरु सबै मिल्नुहुन्छ भने हामीलाई सरकार बाहिर बस्न कुनै आपत्ति छैन’ उनले भने,‘एमालेका कारण गठबन्धनलाई अप्ठ्यारो परेको हो भने म आग्रह गर्न चाहन्छु, गठबन्धनएक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् ।’ कसैलाई बाहिर नराखी प्रदेशलाई अगाडि बढाउन पनि एमाले तयार रहेको उनले बताए । कार्कीले भने,‘सहकार्य र सहमतिका साथ अगाडि बढ्न तयार छौं । तर त्यसका लागि हाम्रा मुल्य मान्यताहरुलाई धरौटी राखेर संविधान कुल्चिएर तयार हुन्नौं ।’ उनले मध्यावधिको निर्वाचनमा कोशी प्रदेश छैन है भन्ने सन्देश दिने गरी सरकारलाई विश्वासको मत दिनराप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई आग्रह गरे ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट