काठमाडौं ।।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.५८ प्रतिशत घटेर १८४७.४७ विन्दुमा बन्द भएको हो ।
आज सर्वाधिक सेयर मूल्य सायपत्री हाइड्रोपावर लिमिटेडको घटेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५०२ रूपैयाँ २० पैसा कायम भएको छ । सर्वाधिक सेयर मूल्य वृद्धि चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार १२४ रुपैयाँ कायम भएको छ ।