May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

तिहारको लागि सयपत्री फूलको तयारी सुरु

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:२४
तिहारको लागि सयपत्री फूलको तयारी सुरु

विराटनगर । चाड पर्व आएसँगै तिहारको लागि बजारमा फूलको जोहो गर्न थालिएको छ । बजारमा माग पनि बढ्दै गएको छ । प्रत्येक वर्ष तिहारका लागि भारतबाट फूल आयात हुने गरेकोमा यस वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण गाउँघरमा उत्पादन गरिएको फूलबाट आन्तरिक माग पूरा गर्नुपर्ने चुनौतीमा व्यवसायीहरु छन् ।

ढिलो तिहार भएकोले गाँउ घरमा ढकमक्क फूल फुलिसकेका छन् । तिहारलाई मध्यनजर गर्दै फूल व्यवसायीहरुले फूल संकलन गर्ने र बजारमा ल्याउने तयारी गरिरहेका छन् । तिहारमा सबैभन्दा बढि सयपत्री फूलको प्रयोग हुने गर्दछ । गाई पुज्नेदेखि भाइ पुज्नका लागि सयपत्री फूलको उपयोग हुने गरेको छ ।

फूललाई बजारसम्म पु¥र्याउन विराटनगरको रानी स्थित डाइमन्ड नर्सरीका संचालक सर्फे हालम नर्सरीमा फूल फुलाउन सक्रिय छन् । नर्सरीमा लगाइएको सयपत्री फूल चाहेको दिनमा फूलाउन सकिने भएकोले केही दिनयता उनको सक्रियता बढेको हो ।बजारबाट फूलको माग आउन थालेको र मानिसहरु नर्सरीमै पुगेर बिरुवा किन्ने क्रम पनि बढेको उनले बताए । सयपत्री फूलका लागि दुई महिना अगाडिदेखि नै मिहेनत गर्नु पर्ने उनले बताए । उन्नत जातको यो फूलको बिऊ भने भारतबाट आयात गर्ने गरिएको छ ।

त्यसैगरी हाईटेक नर्सरीका कर्मचारी दुखन महतोले तिहारको समयमा अरुबेला भन्दा फूलको राम्रो व्यापार हुने बताए । अन्य समयमा खासै व्यपार नभएपनि चाडपर्वको समयमा भने फूलेका सयपत्री फूल र बिरुवाहरु बिक्री हुने गरेको र खासगरी सयपत्रीको बिरुवा धेरै मात्रामा बिक्री हुने गरेको उनले बताए ।

फूलको बिरुवा किन्न आएका टेक बहादुर भण्डारी भन्छन्, ‘यस पटक तिहार कत्तिकको अन्तिमतिर परेकोले घरमा रोपिएका फूलहरु ढकमक्क फूलिसकेका छन् । तिहार आउनजेलसम्म सायद फूलहरु ओइलाएर सकिने सम्भावना पनि उतिकै छ । त्यसैले बिरुवा किन्नेको संख्या बढेको हनुसक्छ ।’

फूलको बिरुवा किन्न आएकी विराटनगरकी अनुषा शर्मा भन्छिन् , ‘यस पटक भारतबाट फूल ल्याउन रोक लागाएको भन्ने सुनिएको छ, बजारमा फूलको अभाव हुनसक्ने सम्भावना देखेर बिरुवा नै किनेर लैजान लागेको हुँ, घरमै फुलाउन सक्दा अरु बेलालाई पनि काम दिन्छ ।’ गाउँबाट पर्याप्त मात्रामा फूल नआएको खण्डमा महंगी बढ्न सक्ने व्यवसायीहरुले बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।