April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न भ्याइएन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:४९
टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न भ्याइएन
  • टिकटक निर्णयविरुद्धको रिट आज हेरिएन 
  • दीर्घकालका लागि नभएर तत्कालका लागि मात्र भएको उल्लेख
  • सर्वोच्चबाट अन्तरिम आदेश नभएपछि टिकटकमाथिको प्रतिबन्ध कायम 

काठमाडौं ।।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइनेमा परेका हुन् । न्यायाधीशद्वयको इजलासमा २७ मुद्दा थिए र उक्त रिट २६औँ नम्बरमा रहेको थियो । गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै मंसिर १५ गतेभित्र लिखित जवाफ माग्दै पूर्ण सुनुवाइका लागि १९ गते अर्थात आजको मिति तोकेको थियो ।

माथेमा नेतृत्वको न्यायाधीश शर्मासहितको संयुक्त इजलासमा आज जम्मा आठ मुद्दामा मात्र सुनुवाइ हुन सकेको छ । न्यायाधीश शर्माको इजलासले जारी गरेको कारण देखाउ आदेशमा सरकारले भने नियमन गर्न नसकेर प्रतिबन्ध लगाएको भन्दै त्यो दीर्घकालका लागि नभएर तत्कालका लागि मात्र भएको उल्लेख गरेको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश नभएपछि टिकटकमाथिको प्रतिबन्ध भने कायम छ । गत कात्तिक २७ मा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले लगाएको समाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको दाबी गर्दै मंसिर १ र ४ गते गरी १४ रिट परेका थिए । कात्तिक २७ गते तिहारको बिदाको समयमा मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध यही मंसिर १ गते १० रिट दर्ता भएका थिए । यस्तै, थप चार रिट ४ गते दर्ता भएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।