May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

गाली गर्ने छुट कसैलाई छैन, ढिलो चाँडो कानुनी दायरामा ल्याइन्छ : सञ्चारमन्त्री शर्मा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:५२
गाली गर्ने छुट कसैलाई छैन, ढिलो चाँडो कानुनी दायरामा ल्याइन्छ : सञ्चारमन्त्री शर्मा
  • गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने
  • गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन 
  • कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन मिल्दैन 

काठमाडौं ।।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने बताएकी हुन् ।

उनले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन् । गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको उनको भनाइ थियो । गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले भनिन्, “हिजो निरंकुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानुनको आकर्षण बन्न सक्दैन थियो । कुनै कानुन आकर्षित हुन सक्दैन थियो । उनीहरूमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो ।

तर, आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ । त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानून भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।” सञ्चारमाध्यमले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन नहुने उनले बताइन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।