sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाली खेलाडी बिनाको पीएसएल र आईपीएल

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:३२
नेपाली खेलाडी बिनाको पीएसएल र आईपीएल

काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई मैदानमा देख्न नपाइने भएको छ । पीएसएलको बुधबार राति सम्पन्न ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी बिकेनन् ।.

आगामी सिजनको पीएसएलका लागि १० जना नेपाली खेलाडीले नाम दर्ता गराएका थिए । नेपालका चर्चित लेग–स्पिनर सन्दीप लामिछाने ‘प्लाटिनम’ समूहमा थिए । उक्त समूहमा रहेका खेलाडीलाई यदि कुनै क्लबले खरिद गरेको भए सबैभन्दा बढी रकम प्राप्त गर्ने थिए ।

तर, यसपटक सन्दीप पनि पीएसएलमा कुनै क्लबको रोजाइमा परेनन् । सन्दीपले यसअघि नै पीएसएल खेलिसकेका खेलाडी हुन् । यसपटक ‘डायमन्ड’ समूहमा नेपालका कुनै पनि खेलाडी सहभागी थिएनन् । ‘गोल्ड’ समूहमा भने नेपालबाट गुल्सन झाको नाम दर्ता भएको थियो ।

नेपालबाट ‘सिल्भर’ समूहमा सबैभन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए । उक्त समूहमा नेपालबाट आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, यू–१९ टोलीका कप्तान देब खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामीको नाम दर्ता रहेको थियो ।

तर, यसपटक कुनै पनि नेपाली खेलाडी पीएसएल क्लबहरुको रोजाइमा परेनन् । पीएसएलको ‘ड्राफ्ट’ लाहोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा भएको थियो । यसपटक पीएसएलमा २२ राष्ट्रका चार सय ८५ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । पीएसएलको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १८ सम्म आयोजना हुँदैछ

यसअघि आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पनि नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका थिए । तर, आईपीएलका कुनै पनि खेलाडीलाई ‘अक्सन’ का लागि अन्तिम सूचिमा समावेश गरिएन् । सन् २०२४ मा आयोजना हुने आईपीएलको ‘अक्सन’ डिसेम्बर १९ तारिखमा दुबईमा हुँदैछ । यसअघि भने नेपाली खेलाडी सन्दीप लामिछानेले आईपीएल खेलिसकेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid