काठमाडौं ।।
नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविरबाट ८८६ जना लाभान्वित भएका छन् । धौलागिरी आँखा अस्पतालद्वारा सञ्चालन गरिएको तीन दिने शिविरमार्फत सेवा दिइएको हो । अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म गलकोट नगरपालिका र बडीगाड गाउँपालिकामा शिविर सञ्चालन गरेको थियो । ८८६ जनाको आँखा परीक्षण गर्दा २४ जनामा मोतिविन्दुको तत्काल शल्यक्रिया गर्नुपर्ने तथा २४ विद्यार्थीमा दृष्टीदोषको समस्या देखिएको अस्पताल व्यवस्थापक विनम लामिछानेले जानकारी दिए । शिविरबाट २५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।