sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:३३
क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेल तालिकामा वर्षभर आयोजना गरिने आधिकारिक प्रतियोगिता र कार्यक्रमको विषयमा उल्लेख गरिएको छ ।

क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यू–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यू–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको शृङ्खला खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ ।

यसैगरी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्ने, मार्चमै हङ्कङमा चार राष्ट्र सम्मिलित टी–२० शृङ्खला खेल्ने, मार्च १९ देखि अप्रिल ३० सम्म घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पाँचवटा एकदिवसीय खेलको शृङ्खला खेल्ने तथा मार्च–अप्रिलमै बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग टी–२० शृङ्खला खेल्ने उल्लेख छ ।

यसैगरी आगामी अप्रिलमा एसीसी मेन्स प्रिमियर कप टी–२० प्रतियोगिता खेल्ने, अप्रिल–मेमा महिला द्विपक्षीय टी–२० शृंखलामा सहभागिता जनाउने, जुनमा अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० पुरुष विश्वकप खेल्ने तथा जुलाई–अगस्तमा नेपाली टोली बेलायत भ्रमणमा जाने वार्षिक क्यालेन्डरमा उल्लेख गरिएको छ । बेलायत भ्रमणका क्रममा नेपालले एकदिवसीय र टी–२० शृङ्खला खेल्ने उल्लेख गरिएको छ ।

यसका अतिरिक्त जुलाई–अगस्तमा महिला द्विपक्षीय टी–२० शृङ्खला खेल्ने, सेप्टेम्बरमा पुनः महिला द्विपक्षीय टी–२० शृङ्खला आयोजना गर्ने, सेप्टेम्बरमै एसीसी महिला एसिया कप खेल्ने, सेप्टेम्बरमै नेपाल, क्यानडा र ओमन सम्मिलित पुरुष टी–२० क्रिकेट शृङ्खला खेल्ने तथा अक्टोबरमा पुरुष यू–१९ एसिया कप खेल्ने पनि वार्षिक क्यालेन्डरमा उल्लेख छ ।

यसैगरी अक्टोबरमा अमेरिकामा आयोजक राष्ट्र र स्कटल्यान्डसँग टी–२० शृङ्खला खेल्ने, नोभेम्बरमा आईसीसी महिला यू–१९ विश्वकपको छनोट प्रतियोगिता खेल्ने, नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने, डिसेम्बरमा महिला द्विपक्षीय टी–२० शृङ्खला आयोजना गर्ने तथा डिसेम्बरमै पुरुष प्रथम श्रेणीको तीन दिवसीय प्रतियोगिता आयोजना गर्ने पनि वार्षिक क्यालेन्डरमा समावेश गरिएको छ । डिसेम्बरमै पुरुष टी–२० इमर्जिङ टिम एसिया कप खेल्ने उल्लेख छ ।

यसैगरी घरेलु गतिविधितर्फ डिसेम्बरमा प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना गर्ने, फेब्रुअरीमा मनमोहन मेमोरियल यू–१६ प्रतियोगिता आयोजना गर्ने, जनवरी–फेब्रुअरीमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तथा जनवरी–फेब्रअरीमै गल्र्स यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वार्षिक क्यालेन्डरमा उल्लेख छ ।

यसैगरी फेब्रुअरी, मार्च र अप्रिलमा दुई दिवसीय र तीन दिवसीय पुरुष एलिट ट्रफी आयोजना गर्ने, फेब्रुअरीमा सुशिल कोइराला च्याम्पियन्स ट्रफी आयोजना गर्ने, फेब्रुअरी–मार्चमा इन्डो–नेपाल टी–२० प्रतियोगिता आयोजना गर्नेलगायतका कार्यक्रम पनि क्यानले सार्वजनिक गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid