April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:३३
क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेल तालिकामा वर्षभर आयोजना गरिने आधिकारिक प्रतियोगिता र कार्यक्रमको विषयमा उल्लेख गरिएको छ ।

क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यू–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यू–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको शृङ्खला खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ ।

यसैगरी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्ने, मार्चमै हङ्कङमा चार राष्ट्र सम्मिलित टी–२० शृङ्खला खेल्ने, मार्च १९ देखि अप्रिल ३० सम्म घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पाँचवटा एकदिवसीय खेलको शृङ्खला खेल्ने तथा मार्च–अप्रिलमै बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग टी–२० शृङ्खला खेल्ने उल्लेख छ ।

यसैगरी आगामी अप्रिलमा एसीसी मेन्स प्रिमियर कप टी–२० प्रतियोगिता खेल्ने, अप्रिल–मेमा महिला द्विपक्षीय टी–२० शृंखलामा सहभागिता जनाउने, जुनमा अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० पुरुष विश्वकप खेल्ने तथा जुलाई–अगस्तमा नेपाली टोली बेलायत भ्रमणमा जाने वार्षिक क्यालेन्डरमा उल्लेख गरिएको छ । बेलायत भ्रमणका क्रममा नेपालले एकदिवसीय र टी–२० शृङ्खला खेल्ने उल्लेख गरिएको छ ।

यसका अतिरिक्त जुलाई–अगस्तमा महिला द्विपक्षीय टी–२० शृङ्खला खेल्ने, सेप्टेम्बरमा पुनः महिला द्विपक्षीय टी–२० शृङ्खला आयोजना गर्ने, सेप्टेम्बरमै एसीसी महिला एसिया कप खेल्ने, सेप्टेम्बरमै नेपाल, क्यानडा र ओमन सम्मिलित पुरुष टी–२० क्रिकेट शृङ्खला खेल्ने तथा अक्टोबरमा पुरुष यू–१९ एसिया कप खेल्ने पनि वार्षिक क्यालेन्डरमा उल्लेख छ ।

यसैगरी अक्टोबरमा अमेरिकामा आयोजक राष्ट्र र स्कटल्यान्डसँग टी–२० शृङ्खला खेल्ने, नोभेम्बरमा आईसीसी महिला यू–१९ विश्वकपको छनोट प्रतियोगिता खेल्ने, नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने, डिसेम्बरमा महिला द्विपक्षीय टी–२० शृङ्खला आयोजना गर्ने तथा डिसेम्बरमै पुरुष प्रथम श्रेणीको तीन दिवसीय प्रतियोगिता आयोजना गर्ने पनि वार्षिक क्यालेन्डरमा समावेश गरिएको छ । डिसेम्बरमै पुरुष टी–२० इमर्जिङ टिम एसिया कप खेल्ने उल्लेख छ ।

यसैगरी घरेलु गतिविधितर्फ डिसेम्बरमा प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना गर्ने, फेब्रुअरीमा मनमोहन मेमोरियल यू–१६ प्रतियोगिता आयोजना गर्ने, जनवरी–फेब्रुअरीमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तथा जनवरी–फेब्रअरीमै गल्र्स यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वार्षिक क्यालेन्डरमा उल्लेख छ ।

यसैगरी फेब्रुअरी, मार्च र अप्रिलमा दुई दिवसीय र तीन दिवसीय पुरुष एलिट ट्रफी आयोजना गर्ने, फेब्रुअरीमा सुशिल कोइराला च्याम्पियन्स ट्रफी आयोजना गर्ने, फेब्रुअरी–मार्चमा इन्डो–नेपाल टी–२० प्रतियोगिता आयोजना गर्नेलगायतका कार्यक्रम पनि क्यानले सार्वजनिक गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट