sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:३0
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो ।कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १६६ रन बनाएको थियो ।

कोशीका सुजन थपलियाले १०५ रनको शतकीय पारि खेल्दा अभ्यास तिम्सिनाले २३ रनको योगदान गरे । कप्तान अंकित सुवेदीले १० रन बनाउँदा अरु खेलाडीको प्रदर्शन बिर्सन लायक रह्यो ।

कोशीलाई सस्तैमा रोक्ने क्रममा पुलिसका करण केसीले ३ विकेट लिँदा ललित राजवंशी र सुनिल धमलाले दुई–दुई विकेट लिए । यसैगरी रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

१६७ रनको जवाफी लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

पुलिसलाई जित दिलाउनका लागि अर्जुन साउदले नटआउट ६२ रनको अर्धशतकीय पारि खेल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ३८ रनको नटआउट पारि नै खेले ।

यसैगरी सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाए । दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए । कोशीका कमल खत्रीले २ तथा सोनु मण्डलले १ विकेट लिए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid