sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:४२
मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा एउटा प्रतियोगितामा ५२३ को रेकर्ड बनेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भयो। उसले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ।​

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन बनायो।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६४ रनको योगदान गरे। उनले त्यस्तै टिम डेविड ४२ र रोमारियो सेपहर्ड १५ रनमा अविजित रहे। नमन धिरले ३० रनको योगदान गर्दा इशान किसन ३४ रनमा आउट भए। रोहित शर्मा २६ र कप्तान हार्दिक पाण्ड्या २४ रन बनाउँदै पेभिलियन फर्किएका थिए।

मुम्बईलाई रोक्न हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कमिन्सले दुई दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए।

त्यसअघि घरेलु टोलीले ३ विकेट गुमाएर २७७ रन बनाएको थियो। उक्त लक्ष्य आईपीएल इतिहासकै सर्वाधिक ठुलो लक्ष्य हो। यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुने वारियर्स इन्डियाविरुद्ध २६३ रन बनाएको थियो।

हैदराबादका लागि हेनरिक क्लेसन, अभिसेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए। शर्माले ६३ रन बनाए भने ओपनर हेडले ६२ रनमा आउट भए। दोस्रो विकेटका लागि शर्मा र हेडले २३ बलमा ६८ रनको सानदार साझेदारी गरे। ​

क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा अविजित ८० रन बनाए। एडेन माक्ररमले अविजित ४२ रन बनाए। क्लेसन र माकरमले ५५ बलमा अविजित १ सय १६ रनको साझेदारी गरे।

मुम्बईका लागि हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १–१ विकेट रह्यो। जितसँगै हैदराबादले पहिलो दुई अंक जोडेको छ। मुम्बईको भने यो लगातार दोस्रो हार हो। प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुनेछन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid