आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ।
एकदिवसिय श्रृखंला अन्तर्गत शुक्रबार भइरहेको दोस्रो खेलमा नेपाल ‘ए’ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको थियो।
खेलमा शहब आलम र रिजन ढकालले समान ३÷३ विकेट लिए भने कमलसिंह ऐरीले एक र मौसम ढकालले दुई विकेट लिए।
आयरल्यान्डका ब्याट्सम्यान जाी होई ५९ बलमा सर्वाधिक ५० रन बनाउन सफल भए। एनए रकले ३८ बलमा ४५ रन बनाए। यसैगरी लियाम म्याकार्थीले ५२ बलमा ३१ रन बनाए। यसैगरी पीजे मोरले १७ बलमा १७ रन बनाए।