July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १६:२0
उपेन्द्र यादव पक्षको दाबी जसपा  विभाजन भएको छैन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले सोमबार एक विज्ञप्ति जारी गरी सो दाबी गरेका हुन् ।

हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको दाबी गर्दै प्रवक्ता सुमनले पार्टी विभाजन नभएको दाबी गरेका छन् ।

केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको दाबी समेत उनले गरेका छन् ।

जारी विज्ञप्तिमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरिएको छ ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ । राईलाई सात जना सांसदले साथ दिएका छन् । जसपामा १२ जना सांसद छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्