नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको माध्यमबाट देशभरका डाँडाबाटै मासिक लाखौँ कमाउने सम्भावना रहेको बताएका छन्। उनले कीर्तिपुरको डाँडाबाट महिनामा दुई/चार लाख रुपैयाँ कमाउन सकिने आफ्नो अघिल्लो अभिव्यक्तिलाई स्मरण गराउँदै भने, “यदि सोच र दिशा स्पष्ट बनाएर काम गरियो भने, कीर्तिपुरको डाँडामात्र होइन, देशभरका थुप्रै डाँडाहरूमा साथीहरूले मासिक लाखौँ कमाउने स्थिति बनाउन सकिन्छ।”
थापाले गत मङ्सिरमा कृतिपुरमा बसेर लाखौं कमाउन सकिन्छ भनेपछी उनको निकै ट्रोल भएको थियो।
थापाले प्रविधिको प्रयोग, नवप्रवर्तन, र स्थानमा आधारित उद्यमशीलताको संयोजनबाट ग्रामीण क्षेत्रमै रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई स्थानीय स्तरमै बसोबास गर्दै डिजिटल माध्यमबाट आय आर्जनमा लाग्न आह्वान गरेका छन् । थापाको भनाइले सूचना प्रविधिमा आधारित समृद्ध नेपालको सम्भावनालाई पुनः एकपटक उजागर गरेको छ ।