May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

२४ एसएसपीको सरूवा, फेरिए काठमाडौं र ललितपुरका जिल्ला प्रमुख

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:२१
२४ एसएसपीको सरूवा, फेरिए काठमाडौं र ललितपुरका जिल्ला प्रमुख

नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले २४ जना एसएसपीको सरूवा गरेको हो।

कार्यालयले जिल्‍ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि फेरेको छ।

काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्कीको सरूवा भएको छ। यहाँ हाल भरत बोहरा हाल कार्यरत छन्।

उपत्यका अपराध अनुसन्धानमा भने मनोजकुमार केसीको सरूवा भएको छ। हाल यहाँ जनक भट्टराई कार्यरत छन्।

कमान्ड सम्हालेको एक वर्ष नहुँदै बोहरा र भट्टराईको सरूवा भएको हो।  अपराध अनुसन्धान कार्यालयमा कार्यरत भट्टराईको पनि एक वर्ष नहुँदै सरूवा भएको हो।

बोहराको प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा र भट्टराईको प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरूवा भएको छ।

ललितपुर परिसरमा सिद्धिबिक्रम शाहको सरूवा भएको छ। प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देहीमा रहेका उनको ललितपुरमा सरूवा भएको हो।

यस्तै ललितपुरका यज्ञविनोद पोखरेलको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सरूवा भएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख पनि फेरिएका छन्। ब्युरो प्रमुख रहेका अनुरागकुमार द्विवेदीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरूवा भएको हो।

यहाँ प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा कार्यरत जीवनकुमार श्रेष्ठको सरूवा भएको हो।

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।