April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

ओभरलोडेड भारतीय गाडीलाई ट्रार्फिक प्रहरीको संरक्षण !

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ २0:२५
ओभरलोडेड भारतीय गाडीलाई ट्रार्फिक प्रहरीको संरक्षण  !


काठमाडौं ।। मेची भन्सार नाकाबाट भित्रिने ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले चिट (रसिद) काटेकै भरमा निर्वाध रुपमा सञ्चालन गर्न दिने गरेको खुलेको छ ।
पूर्वी नाका हुदै भित्रिने मालवहाक सवारी ले भन्सार गरेपछि नेपालका सडक प्रयोग हुदै सामान झापा सहित बिभिन्न जिल्ला लाने गदर्छन ।
तर,ओभरलोड भएका सवारी हरुलाई ट्रार्फिक प्रहरीले राजश्व काट्ने र चिट भन्दा बढी पैसा असुलेर निर्वाध रुपमा चल्न दिइरहेको छ ।
आइतबार बेलुका काकँरभिट्टा हुदै भित्रिएका एक दर्जन बढी सवारी साधानले काँकरभिट्टा स्थित ट्रार्फिक पोष्टमा राजश्व वापतको रकम मात्र बुझाएर बैकल्पिक प्रत्येक सवारीले १ सय देखी ५ सय रुपैया सम्म बढी दिए पछि यस्तो रहस्या बाहिर आएको हो । राजश्व रसिदमा ५ सय लेखेर सो भन्दा बढी असुल्ने प्रहरी लाई सवारी साधानले ओभरलोड बोकेको कुनै वास्ता नै देखिन्न ।
भारतबाट भन्सार गरेर गाडीमा सिसाखरिद गरि ल्याएका धुलाबारीका एक स्थानीयले भन्सार बिल भित्र पैसा राखेर दिएको दृश्य झन रमाइलो नै थियो । उनले हामी सँगको कुराकानीमा धुलाबारी सम्म पुग्दा अरुलाई पनि दिदै जाने जवाफ दिए ।
काँकरभिट्टामा रहेको ट्रार्फिक पोष्ट राजश्व वापतको रसिद काट्न र वैकल्पिक आम्दानी लिने अड्डा मात्रै बन्ने गरेको स्थानीयहरुको गुनासो छ । रसिद काटेपछि सडकमा निर्वाध रूपमा सञ्चालन हुन दिने गरेको छ ।
क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रूपमा सञ्चालन हुन दिने गर्दा जोखिम बढेको छ । नेपाली ट्रक व्यवसायीहरूले ओभरलोडेड भारतीय गाडीका कारण आफूहरू मारमा परेको र नेपालका सडक तथा पुलहरूमा पनि क्षति पुगेको भन्दै रोक्न बारम्बार माग गर्दै आएका छन् । तर, प्रहरीले वास्ता नगरेको बरु मिलेमतोमा भारतीय गाडीलाई संरक्षण गरेको व्यवसायीहरूको गुनासो छ ।
नेपाली तथा भारतीय कुनै पनि गाडीले ओभरलोड बोक्न नपाउने कानुनी व्यवस्था छ । कानुनअनुसार १० चक्केको क्षमता साढे १६ टन, १२ चक्केको २१ टन, ६ चक्केको १० टन मात्र भारबहन क्षमता भए पनि भारतीय गाडीहरूले कम्तीमा १० टन बढी ओभरलोडेड बोकेर निर्वाध रूपमा चल्दा पनि ट्राफिक प्रहरीले रोक्ने प्रयास गर्नुको साटो उल्टै ओभरलोडेड बोकेका गाडीलाई संरक्षण गरेको गुनासो छ ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट