sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जनकपुरधाममा रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब दिने

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:0५
जनकपुरधाममा  रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब दिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा निर्माण हुन लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब रकम बिनियोजन गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री यादवले जनकपुरधामको वडा नंं १४ रजौलमा बन्न लागेको रङ्गशालाको भौतिक अवस्थाको आज निरीक्षण गर्नुहुँदै रङ्गशालाको निर्माण गरेर ११औँ राष्ट्रिय खेलकुद जनकपुरधाममा नै गर्नका लागि प्रयास गर्ने बताउनुभयो ।

उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामको भ्रमण गर्ने क्रममा भारत सरकारको तर्फबाट जनकपुरधामको विकासका लागि घोषणा गर्नुभएको १ अर्ब भारतीय रकम पनि यसै रङ्गशालाको निर्माणमा खर्च गरिने बताउनुभयो ।

मुख्यमन्त्री यादवले यस ठाउँमा यही चैत्र २० गतेदेखि हुन लागेको मेयर कपपछि मुख्यमन्त्री कप गराउनका लागि जिल्ला क्रिकेट सङ्घसँग सहकार्य गर्ने  बताउनुभयो । उहाँले प्रदेश सरकारले यस रङ्गशालालाई प्रदेशको गौरवको योजनाको रुपमा बढाउन तयार रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणको क्रममा घोषणा भएको १ अर्ब भारतीय रकम ल्याउन उपमहानगरपालिकाले तीनै सरकारसँग समन्वय एवं सहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले उक्त रकम जनकपुरधाममा बन्न लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माणमा नै खर्च गर्न सहयोग पुग्ने बताउनुभयो ।

गुठी संस्थानबाट राष्ट्रिय खेलकुद परिषद्ले १७ विगाह जग्गा लिजमा लिएको छ । अहिले सो ठाउँमा मेयर कप गराउनका लागि पूर्वाधारको निर्माण तीव्र रुपमा भइरहेको छ । खेलकुद परिषद् पनि केही पूर्वाधारको निर्माणको काम थालेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid