May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:0६
सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

ओखलढुंगा । सुन चाँदीका गहना सफा गरिदिने बाहनामा ठगी गर्ने ३ जना पक्राउ परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–२ स्थित गाउँमा सर्वसाधारणका गहना सफा गरिदिने भन्दै ठगी गर्ने उनीहरुलाई स्थानीयकै सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना भारतीय र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–११ का ४४ वर्षीय राजेश शाह, भारतका अरअरिया जिल्ला फरविसगंजका ४४ वर्षीय सुनिल मण्डल र भारतकै अरअरिया जिल्ला पञ्चायत ढोलबजिया बस्ने ४३ वर्षीयय पारसकुमार दास रहेका छन् ।

उनीहरुले गाउँलेहरुलाई सुन चाँदीका गहना सस्तो मूल्यमा सफा गरिदिन्छौँ भन्दै प्रलोभनमा पार्ने र सफा गर्न दिएपश्चात विभिन्न किसिमको रासायनिक पदार्थ प्रयोग गरेर गहनाहरुको वास्तविक तौल नै कम गरी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

ठगीको जानकारी पाइएपछि स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । पक्राउ परेका उनीहरुबाट प्रहरीले विभिन्न औजार र रासायनिक पदार्थसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।