sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:0६
सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ

ओखलढुंगा । सुन चाँदीका गहना सफा गरिदिने बाहनामा ठगी गर्ने ३ जना पक्राउ परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–२ स्थित गाउँमा सर्वसाधारणका गहना सफा गरिदिने भन्दै ठगी गर्ने उनीहरुलाई स्थानीयकै सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना भारतीय र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–११ का ४४ वर्षीय राजेश शाह, भारतका अरअरिया जिल्ला फरविसगंजका ४४ वर्षीय सुनिल मण्डल र भारतकै अरअरिया जिल्ला पञ्चायत ढोलबजिया बस्ने ४३ वर्षीयय पारसकुमार दास रहेका छन् ।

उनीहरुले गाउँलेहरुलाई सुन चाँदीका गहना सस्तो मूल्यमा सफा गरिदिन्छौँ भन्दै प्रलोभनमा पार्ने र सफा गर्न दिएपश्चात विभिन्न किसिमको रासायनिक पदार्थ प्रयोग गरेर गहनाहरुको वास्तविक तौल नै कम गरी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

ठगीको जानकारी पाइएपछि स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । पक्राउ परेका उनीहरुबाट प्रहरीले विभिन्न औजार र रासायनिक पदार्थसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid