sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निर्देशक माधव शर्माको निर्देशनमा सेल्फी मोवाइलमा गीतको भिडियो सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२४
निर्देशक माधव शर्माको निर्देशनमा सेल्फी मोवाइलमा गीतको भिडियो सार्वजनिक

निर्देशक माधव शर्माको निर्देशनमा तयार सेल्फी मोवाइल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको उक्त गीतमा चर्चित टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको मुख्य अभिनय रहेको छ ।

भिडियोले खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई देखाएको छ ।

 

अमेरिकामा बस्दै आएका गीतकार ज्ञानेश्वर तिवारीको शब्द शृजना रहेको सार्वजनिक गीतमा गायक किरण गजमेर र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने  जसमा लोकप्रिय संगीतकार दीपक शर्माको संगीत र नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

डान्सिगं शैलीको रोमान्टिक सेल्फी मोवाइलमा दुई जोडीलाई खुशी साथ प्रेमालाप गरेका दृश्यहरु देख्न सकिन्छ ।

भिडियोको छायांकनको मिति पटक पटक सर्दै जाँदा करिब १ महिनाको अन्तरालपछि प्रिज्मा, प्रिन्सी, रोशन र सुधिरको मिल्दो समय र कोरियोग्राफर सन्तोष राजवाहकको पनि मिल्दो समय छोपेर माघको अन्त्यतिर साँझपखको चिसो छल्दै छायांकन गरिएको त्यो रमाइलो क्षणलाई मुस्कुराउँदै सम्झिछन् निर्देशक शर्मा ।

छायांकनको मिति लामो समय लम्बिँदा पनि निर्माता समेत रहेका गीतकार तिवारीको हौसलाका कारण सेल्फी मोवाइलले आज यसरी मूर्तरुप पाउँदा खुशी छन् निर्देशक शर्मा । निर्देशक शर्माको निर्देशनमा तयार यसअघि चिना र जोखानाले राम्रो चर्चा बटुलेको थियो भने  जुन भिडियो निर्देशक शर्माले संगीतकार दीपक शर्मासँगको सहकार्यमा तयार पारेका थिए ।

सार्वजनिक गीत सेल्फी मोवाइलमा सन्तोष राजवाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलरिगं रहेको छ ।

अम्बिका अधिकारीको निर्माण रहेको सेल्फी मोवाइल ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid