May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

निर्देशक माधव शर्माको निर्देशनमा सेल्फी मोवाइलमा गीतको भिडियो सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२४
निर्देशक माधव शर्माको निर्देशनमा सेल्फी मोवाइलमा गीतको भिडियो सार्वजनिक

निर्देशक माधव शर्माको निर्देशनमा तयार सेल्फी मोवाइल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको उक्त गीतमा चर्चित टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको मुख्य अभिनय रहेको छ ।

भिडियोले खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई देखाएको छ ।

 

अमेरिकामा बस्दै आएका गीतकार ज्ञानेश्वर तिवारीको शब्द शृजना रहेको सार्वजनिक गीतमा गायक किरण गजमेर र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने  जसमा लोकप्रिय संगीतकार दीपक शर्माको संगीत र नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

डान्सिगं शैलीको रोमान्टिक सेल्फी मोवाइलमा दुई जोडीलाई खुशी साथ प्रेमालाप गरेका दृश्यहरु देख्न सकिन्छ ।

भिडियोको छायांकनको मिति पटक पटक सर्दै जाँदा करिब १ महिनाको अन्तरालपछि प्रिज्मा, प्रिन्सी, रोशन र सुधिरको मिल्दो समय र कोरियोग्राफर सन्तोष राजवाहकको पनि मिल्दो समय छोपेर माघको अन्त्यतिर साँझपखको चिसो छल्दै छायांकन गरिएको त्यो रमाइलो क्षणलाई मुस्कुराउँदै सम्झिछन् निर्देशक शर्मा ।

छायांकनको मिति लामो समय लम्बिँदा पनि निर्माता समेत रहेका गीतकार तिवारीको हौसलाका कारण सेल्फी मोवाइलले आज यसरी मूर्तरुप पाउँदा खुशी छन् निर्देशक शर्मा । निर्देशक शर्माको निर्देशनमा तयार यसअघि चिना र जोखानाले राम्रो चर्चा बटुलेको थियो भने  जुन भिडियो निर्देशक शर्माले संगीतकार दीपक शर्मासँगको सहकार्यमा तयार पारेका थिए ।

सार्वजनिक गीत सेल्फी मोवाइलमा सन्तोष राजवाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलरिगं रहेको छ ।

अम्बिका अधिकारीको निर्माण रहेको सेल्फी मोवाइल ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।