May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

ट्रेलरमा चलचित्र कैदीको पत्र

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:४५
ट्रेलरमा चलचित्र कैदीको पत्र

काठमाडौं । आगामी १५ वैशाखबाट रिलिज हुने भनिएको चलचित्र ‘कैदीको पत्र’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ ।
यो चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । साहित्यकार ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो ।

२ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा एक युवक, उसको ’round सबन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा आउने उतारचढाव चित्रण गरिएको छ ।
यस चलचित्रमा कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठ, सुस्मिता थापा,
क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायतका नेपाली तथा ब्रिटिस कलाकारको अभिनय छ ।

चलचित्र सनमकुमार वैरागले निर्देशन गरेका हुन् । सम्पूर्ण छायांकन स्कटल्यान्डमा भएको उनले बताए । चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक वैरागले नै तयार पारेका हुन् ।

दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको चलचित्रमा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ ।
चलचित्रको मार्केटिङ श्रित फिल्म्स एन्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौं उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दै छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट