sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदीपलाई टोपी लगाइदिएर भुवनले अंगालो हाल्दै बधाई दिए

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:0२
प्रदीपलाई टोपी लगाइदिएर भुवनले अंगालो हाल्दै बधाई दिए

काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो ।

विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा समेत ‘प्रेमगीत ३’ र अध्यक्ष केसीबीच वाकयुद्ध चल्यो । यो विवादमा उद्योग नै दुई ध्रुवमा विभाजित जस्तो देखिन्थ्यो । तर यो विवाद अहिले आएर मत्थर भएजस्तो देखिएको छ ।

विवादको ६ महिनापछि अहिले आएर अध्यक्ष केसी र अभिनेता खड्काबीचको संवादहीनता तोडिएको छ । बुधबार काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा यी दुईले स्टेज सेयर गरेका छन् । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा भुवन प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रदीप सम्मान थाप्न मञ्चमा पुगे । प्रदीपलाई टोपी लगाइदिएर बधाई दिने काम भुवनले गरे ।

स्टेजमा उक्लिएका प्रदीपले भुवनलाई नमस्कार गरे । हाँस्दै अघि बढेका प्रदीपले भुवनसँग हात मिलाए । अनि दुवैले अंगालो हाले । यतिबेला हल तालीले गुञ्जायमान भयो । दुवैले न्यानोपन भएको देखाउन खोजे पनि असहज भएको स्पष्ट देखिन्थ्यो । यी दुईले एकअर्कालाई नरुचाउने चर्चाबीच भएको यो अंगालोले कतै हार्दिक सम्बन्ध पुनः स्थापना गर्न लागेको हो भन्ने अनुमान मात्र गर्न सकिन्छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid