May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

स्वर्ण टीकाराम र सोनुको हातमा

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:४२
स्वर्ण टीकाराम र सोनुको हातमा

काठमाडौं : सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक हजार पाँच सय मिटर दौडमा स्वर्ण जितेका छन्।

छात्रमा टीकारामले चार मिनेट ३१.५ सेकेन्डमा दौड पूरा गरे। ललितपुरका प्रवीण लिम्बू दोस्रो र नुवाकोटाका दिनेश राई तेस्रो भए। छात्रामा सोनुले निर्धारित दूरी पाँच मिनेट ३६.३ सेकेन्डमा तय गरिन्। दोलखाकी खिरकुमारी खड्का दोस्रो र काठमाडौंकी आयुष्मा आचार्य तेस्रो भए।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए। नवीनले १.७३ मिटर उचाई नाघे। चितवनका समिर चौधरी दोस्रो र धादिङका रोजन श्रेष्ठ तेस्रो बने। छात्रामा १.३३ मिटर उचाई नाघेकी काठमाडौंकी अनु भुसाल शीर्ष स्थानमा रहिन्। धादिङकै सशिता तामाङ दोस्रो र काठमाडौंकी अस्विनाले कार्की तेस्रो स्थान हात पारे।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट