May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

आशय पत्र पाए १६ कम्पनीले

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १५:0६
आशय पत्र पाए १६ कम्पनीले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) को लाइसेन्सको आशय पत्र (एलओआई) प्रदान गरेको छ ।

सोमबार बिहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

‘बोर्डबाट मूल्यांकन सकिएका र प्रक्रिया पुरा गरेका १६ वटा कम्पनीलाई एलओआई पाएका छन्,’ बोर्ड प्रवक्ता श्रेष्ठले भने, ‘आवेदन दिएका अन्य कम्पनीको पनि मूल्यांकनपछि प्रक्रिया पुरा गरेकाले एओई पाउँदै जान्छन्।’ एलओआई पाएको कम्पनीले बोर्डले तोकेअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउने उनले बताए ।

धितोपत्र बोर्डले नबिल सेक्युरिटिज लिमिटेडलाई धितोपत्र व्यापारीको लाइसेन्सको लागि एलओलाई दिएको छ । कम्पनीमा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । यस्तै मेगाल स्टक मार्केट लिमिटेडले पनि पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि एलओलाई पाएको हो । अन्य १४ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलालको लागि एलओआई पाएको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्था सहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिने ३० दिनको अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ अनुसार लाइसेन्सका लागि आवेदन माग गरेको ३५ दिनभित्र एलओआई दिनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशले प्रक्रिया रोकेको अवधि बाहेक ३५ कार्यदिनभित्र नै लाइसेन्स पाउने नपाउन एकिन गर्नेगरी प्रक्रिया अगाडि बढाएको बोर्डले जनाएको छ ।

‘बोर्डले लाइसेन्सका लागि निवेदन आह्वान गरेकोपछि प्राप्त भएको निवेदनमा रितपूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा यस नियमावली बमोजिम पुरा गर्नुपर्ने सर्त पुरा भए नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र अनुमतिपत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निर्णय गर्नु पर्नेछ’ नियमावलीमा भनिएको छ ।

बोर्डले एलओआई प्रदान गरेपछि पूर्वाधार तयार गर्न कम्पनीलाई निर्देशन दिनुपर्ने व्यवस्था गरेको छ । एलओआई प्राप्त गरेका कम्पनीले पूर्वाधार तयार गर्न पत्र प्राप्त भएको मितिले ६ महिनामा पूर्वाधार तयार गरीसक्नुपर्ने हुन्छ । एलओआई प्राप्त गरेका कम्पनीले पूर्वाधार तयार गरेर बोर्डमा जानकारी प्राप्त भएको ३० दिन भित्र धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गरी पूर्वाधार पर्याप्त भएमा व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट