May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

अहिलेको बजेटमा युवाहरुलाई प्राथमिकता : प्रचण्ड

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १३:३३
अहिलेको बजेटमा युवाहरुलाई प्राथमिकता : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् ।

चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन ।’

अनुदानका कार्यक्रमहरुमा समेत फेरबदल गर्ने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो । वास्तविक किसान जल्ले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने ब्यापक रुपले आयो । त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दैछु,’ प्रचण्डले भने ।

आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने पनि उनले बताए । ‘अहिलेको बजेटको फोकस युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा नै हुन्छ । कृषिमा नै हुन्छ । उद्योगहरुमा पनि कृषिमा आधारित कृषिमै जोड हुन्छ,’ उनले भने ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।