September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ओरालो लाग्यो सेयर बजार

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १६:४५
ओरालो लाग्यो सेयर बजार

काठमाडौं । पछिल्ला दिनहरूमा सेयर बजार लगातार ओरालो लागेको छ ।

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार पाँच दिनदेखि ओरालो लागेको छ । नेप्से आज ९.१८ अंकले घटेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ६२ करोड दुई लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । यस दिन २६५ धितोपत्रको २१ लाख ५५ हजार ५८८ कित्ता खरिद-बिक्री भएको देखिएको छ ।

यस दिन शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैपाँको सेयर खरिद-बिक्री भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको दुई करोड ५६ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ।

म्युचुअल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्