sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अदालतमा रोक्का जग्गा मालपोतले नामसारी गरिदियो

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १0:४३
अदालतमा रोक्का जग्गा मालपोतले नामसारी गरिदियो

जिल्ला अदालत धनुषाले रोक्का गर्न दिएको आदेश मालपोतका कर्मचारीले कार्यान्वयन नगर्दा उनका बुवा हरिदेव ठाकुरको अंशमा पर्ने जमिन नै बिक्री भइसकेको छ । बिक्री मात्र होइन, हरिदेवका भाइ कमलदेवले बैंकमा धितो समेत राखिसकेका छन् ।

जग्गा रोक्का राख्ने विषयमा ०७६ चैत ३ गते अदालतले मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । मालपोतले पत्र त बुझ्यो, तर न कार्यान्वयन गरियो न त त्यसबारे अदालतलाई जानकारी नै गराइयो ।

मालपोतले अदालतको पत्र बुझेका कारण जग्गा बिक्री नहुनेमा लक्ष्मीनियाँ विश्वस्त थिइन् । तर, रोक्का गरिएको एक वर्ष नबित्दै त्यही जग्गा कमलदेवले बिक्री गरिसके । करिब १० कट्ठा सोही जमिन बैंकमा धितो समेत राखेका छन् । मालपोतका कर्मचारीले कमलदेवसँग आर्थिक लेनदेन गरी जग्गा अरूका नाममा नामसारी गरिदिएको लक्ष्मीनियाँको आरोप छ ।

०७८ साउन २६ गते पुष्पवलपुर-५ को २८७ कित्ता नम्बरको एक कट्ठा तीन धुर २५ कन्मा जग्गा कमलदेवले उनकी नातेदार गीतादेवी ठाकुरलाई नामसारी गरिदिएको देखिन्छ । जग्गा रोक्काको आदेश भएको करिब डेढ वर्षपछि यो नामसारी गरिएको थियो ।
सोही मितिमा पुष्पवलपुर-४ ‘क’ को ५०४ कित्ता नम्बरको दुई कट्ठा १० कन्मा जग्गा पनि गीतादेवीकै नाममा नामसारी गरिएको थियो । यी दुई कित्ताबाट ऋण नलिएका कारण नामसारी बदर भएको छ ।

कर्मचारी जोगाउन चलखेल

कुन कर्मचारीले अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत धनुषाले ०७८ फागुन ६ गतेदेखि हालसम्म तीनवटा पत्र मालपोत कार्यालयमा पठाएको छ । तर, कार्यालयले त्यसको जवाफ दिएको छैन । कर्मचारी नै दोषी देखिएकाले विवरण नदिइएको स्पष्ट बुझिन्छ ।
१८ दिनयता भने लक्ष्मीनियाँ उक्त पत्र लिएर नियमित मालपोत कार्यालय धाइरहेकी छन् ।

कानुनी ज्ञानको अभावका कारण समस्या निम्तिएको मालपोतको मुद्दा फाँटका कर्मचारी बब्लु कापर बताउँछन् । कर्मचारी कानुनी ज्ञाता नभएका कारण गल्ती भएको उनले स्वीकार गरे । धितोबाहेकको जग्गा नामसारी बदर भइसकेको भन्दै पन्छिन खोजे ।

कार्यालय प्रमुखसँग छलफल गरेर दोषी कर्मचारीको विवरण दिने आश्वासन समेत उनले दिए । कार्यालय प्रमुख राइन यस विषयमा अनविज्ञ देखिए । तर, फाँटका कर्मचारीसँग कुरा गरेर समस्या समाधान गरिने उनले बताए ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid