April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

वीर अस्पतालका चिकित्सक आन्दोलित

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १३:0५
वीर अस्पतालका चिकित्सक आन्दोलित

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका आवासीय चिकित्सकले आजदेखि वीर अस्पतालमा आन्दोलन सुरु गरेका छन् । बुधबार चिकित्सकले हातमा कालो पट्टी बाँधेर सेवा दिइरहेका छन् ।

चिकित्सकले बिहीबार एक घण्टा र शुक्रबार दुई घण्टा सबै काम छाडेर अस्पताल परिसरमा धर्ना दिने बताएका छन् ।
शनिबारसम्म पनि आफ्ना माग सम्बोधन नभए आइतबारदेखि अस्पतालका कुनै पनि सेवामा संलग्न नहुने रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले जनाएको छ ।

न्याम्समा अध्ययन गरी विभिन्न अस्पतालमा कार्यरत ४३८ आवासीय चिकित्सकले फागुनयताको निर्वाह भत्ता नपाएकाले आन्दोलनका कार्यक्रम घोषण गर्नुपरेको एसोसिएसनका अध्यक्ष शेषराज घिमिरेले बताए ।

आवासीय चिकित्सकको निर्वाह भत्ता चिकित्सा शिक्षा आयोगबाटै नआएका कारण भुक्तानीमा समस्या भएको वीर अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडेल बताउँछन् ।

एमडी, एमएस र एमडीएस अध्ययनरत आवासीय चिकित्सकले मासिक निर्वाह भत्ताका रूपमा आठौँ तहबराबर ४८ हजार ७ ३७ र डीएम, एमसीएच अध्ययन गरिरहेकाहरूले नवौँ तहबराबर ५६ हजार ७८७ रुपैयाँ पाउने व्यवस्था छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट