May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

बजेट बेलुका नै सार्वजनिक हुनु रहस्यमय

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:४0
बजेट बेलुका नै सार्वजनिक हुनु रहस्यमय

काठमाडौं । बजेट बेलुका नै सार्वजनिक हुनु रहस्यमय छ । अर्थ मन्त्रालय यतिबेला आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट लेखनमा व्यस्त छ । मन्त्रालयका ढोका बन्द गरिएका छन् भने बजेट लेखनमा खटिएका अधिकारीहरु सार्वजनिक सम्पर्कबाट अलग भएका छन् ।

यसरी गोप्यरुपमा लेखिने बजेट हरेक वर्ष १५ जेठमा सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही कारण कुनै पनि हालतमा जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्छ । यो दिनमा पनि सरकारले अपराह्न ४ बजे नै बजेट सार्वजनिक गर्ने गरिएको छ । यस्तो परम्परा लामो समयदेखि नै चलिरहेको छ ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटा बजेट सार्वजनिक गर्न ४ नै बजाउनु पर्ने बाध्यताका पछाडि सो दिन अर्थमन्त्रीको व्यस्ततासँग जोड दिन्छन् । बजेट अर्थ मन्त्रीले लेख्ने र सिधै सार्वजनिक गर्ने दस्तावेज होइन । यसका लागि प्रणालीगत रुपमा १५ जेठका दिन कम्तिमा चार वटा चरण पार गर्नुपर्छ । यी चरणका काम पुरा गर्दा पनि कम्तिमा ४ बजेसम्म समय लाग्ने उनले बताए ।

पूर्वसचिव बास्कोटाका अनुसार १५ जेठका दिन सर्वप्रथम प्रधानमन्त्रीको अध्यक्षता हुने राष्ट्रिय योजना आयोगको बैठक बस्छ । सो बैठकले आगामी आर्थिक वर्षको आय-व्ययको विवरण ल्याउने निर्णय गर्छ । यो निर्णय अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयबाट टिप्पणी उठाउँदै यो निर्णयलाई मन्त्रिपरिषद्मा पेश गरिन्छ ।

सोही दिन मन्त्रिपरिषद् बैठक बस्छ । मन्त्रिपरिषद् बैठकले बजेट पास गरी पेश गर्न संसद पठाउँछ । मन्त्रिपरिषद्बाट पास भएको बजेट प्रिन्ट गरी संसदमा सबै सांसदलाई वितरण समेत गर्नुपर्छ । सोहीकारण प्रिन्टका लागि समेत केही समय लाग्छ । यी सबै प्रक्रिया पुरा गर्दा बजेटका लागि अपराह्न ४ बजे समय पुग्ने पूर्वसचिव बास्कोटाको भनाइ छ ।

नेपालमा संसद नभएको बेला अध्यादेशबाट बजेट सार्वजनिक भएका छन् । यस्ता बजेट भने ४ बजेभन्दा छिटो पनि सार्वजनिक भएका छन् । तर, संसदमा सार्वजनिक भएका अधिकांश बजेट अपराह्न ४ बजे नै सार्वजनिक गरिएका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।