July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री भारत जान लागेको बेला नागरिकता विधेयकमा किन हतार : नेम्वाङ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १३:0६
प्रधानमन्त्री भारत जान लागेको बेला नागरिकता विधेयकमा किन हतार : नेम्वाङ

काठमाडौं । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द पौडेलले प्रमाणीकरण गरेका छन् । उनले बुधबार विधेयक प्रमाणीकरण गरेपछि एमालेले सरकारको बाटो गलत भएको टिप्पणी गरेको छ । एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकमा सरकार सोझो बाटो नहिँडेको प्रतिक्रिया दिए । उनले संंसदबाट विधेयक पारित गरेर लैजाउनुपर्नेमा बाटो नाघेको बताए ।

“नागरिकतासम्बन्धी विषयमा ढिलाइ भएको हो । त्यसले हाम्रा धेरै हाम्रा दिदीबहिनी, दाजुभाइ, मित्रलाई अप्ठेरो परेको हो । त्यस कुरालाई ध्यान  पुर्याउनुपर्ने हो । त्यसमा दुईमत छैन । नागरिकता विधेयक पास गर्ने सोझो राम्रो तरिका संसद्मा ल्याएर बरु यही पटक चाँडो चाँडो पास गर्न सकिन्थ्यो,” उनले भने, “सजिलो, सकारात्मक सोझो बाटो यही थियो ।”

उनले अहिले सिफारिस गर्ने व्यक्तिले त्यतिबेला राष्ट्रपतिले म्याद सकिएको प्रतिक्रया दिएको भन्दै अहिले क्याबिनेटले पास गर्दैमा म्याद कसरी थपियो भनेर प्रश्न गरे । “पहिले राष्ट्रपतिकोमा प्रकमाणीकरण नगरी बसेको थियो । स्वयम् अहिले गर्ने साथीहरूले विरोध गरेर राष्ट्रपतिले संविधानले दिएको म्याद नाघेर पनि गर्नुभएन भन्नुभयो,” उनले भने, “अहिले क्याबिनेटले गर्दिनुभन्दा उहाँकै भनाइमा पहिले म्याद नागेको विधेयकको म्याद अचानक क्याबिनेटले पास गर्दा थपिन्छ ?”

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणका बेला किन हतारो गरिएको भन्दै प्रश्न पनि गरे । “प्रमाणीकरणका लागि जाने संसद्बाट हो । सरकारले निर्णय गरेर पठाउने काम भयो,” नेम्वाङले भने, “केही छिनमा प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यो हतारो किन ?”

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट